सुर्तीजन्य पदार्थको नियन्त्रणमा योगदान गर्नेलाई पुरस्कृत गर्ने

काठमाडौँ, २१ असार –

स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा योगदान पु¥याउने व्यक्ति, सङ्घसंस्था, अभियन्तालाई पुरस्कार दिने तयारी गर्दैछ ।

मन्त्रालयले गत वर्ष विश्वमै सुर्ती नियन्त्रणमा उत्कृष्ट हुने राष्ट्रलाई प्रदान गरिने अवार्ड ब्लोमवर्गको तेस्रो संस्करणमा प्राप्त गरेको एक लाख अमेरिकी डलर मुद्दति खातामा राखी त्यसबाट आएको ब्याजबाट पुरस्कार प्रदान गर्ने कार्यविधि बनाउन लागेको हो ।

मन्त्रालयका उपसचिव खिमानन्द भुसालले पुरस्कारस्वरुप आएको रकमलाई ‘स्वास्थ्यमन्त्री ब्लोमवर्ग अवार्ड अक्षय’ बनाई पुरस्कार दिन पहल गरिरहेको बताउनुभयो । उहाँले पुरस्कारका लागि कार्यविधि बनाउने तयारी भइरहेकोे र यसले सुर्ती पदार्थको नियन्त्रणमा थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार छ विधामा दिने गरी कार्यविधि बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति, गरैसरकारी सङ्घसंस्था, पत्रकार, कानुन लागू गराउने निकाय वा कर्मचारी, नियमनका विषयमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति सङ्घसंस्था मध्येबाट छ जनालाई छनोट गरी पुरस्कृत गर्ने कार्यविधि बनाइरहेका छौँ ।”

नेपालले एक वर्षअघि सुर्तीजन्य पदार्थको नियन्त्रण र न्यूनीकरणका लागि स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका क्षेत्रमा उत्कृष्ट भूमिका खेल्ने राष्ट्रलाई प्रदान गरिने ‘विश्व सुर्ती नियन्त्रण अवार्ड’ प्राप्त गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button