घाइते विद्यार्थी खतराबाट मुक्त

काठमाडौँ, २१ असार –

गत शुक्रबार ललितपुर टोखेलस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनामा २४ जना घाइते विद्यार्थी खतराबाट मुक्त रहेको बताइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पुष्पाञ्जलि माध्यमिक विद्यालयले यहाँ आज पत्रकारसम्मेलनको आयोजना गर्दै गत शुक्रबार बिहान विद्यालय नजिकै रहेको प्लटिङको पर्खाल भत्कँदा दुई जना छात्राको निधन हुनुका साथै २४ जना घाइते भएका र उनीहरु अहिले खतराबाट मुक्त रहेको जानकारी गराएको हो ।

घटनामा घाइते भएका विद्यार्थीको अहिले ललितपुरको पाटन र बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा भर्ना भएकामध्ये नौ जना उपचाररत छन् भने अन्य घर फर्किसकेका पत्रकारसम्मेलनमा जानकारी गराइएको छ ।

विद्यालयका प्रधानाध्यापक पुहमीकान्ती बज्राचार्य लेप्चाले विद्यालयको पटकपटक विरोध गरेपनि विद्यालय छेउको टुक्रा जग्गा प्लटिङ गरी पर्खाल लगाइएकाले यस्तो समस्या उत्पन्न भएको बताउँदै कुनै पनि हालतमा दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button