छोरीको हत्या अरोपमा राई पक्राउ

सोलुखुम्बु, २२ असार –

एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएकोछ ।

मङ्गलबार बिहानै हत्या गरिएकी ११ महिने शिशुको टाउको घरमै र शरीर घरभन्दा करिब सय मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । आरोपी राईले ३ महिनाअघि मात्र ८ महिनाको छोरी भएकी देउसाकी एक महिलासँग विवाह गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button