बेपत्ता बालक अठार दिनपछि फेला

  • पोखरा न्यूज
  • २०७३ अषाढ २२
Post Thumbnail

डोटी, २२ असार –

डोटीको लडागडा गाविस–९ का एक बालक हराएको १८ दिनपछि कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा फेला परेका छन् ।

करिब १८ दिनअगाडि परिवारको सम्पर्कबाट बेपत्ता भएका बालक अत्तरियाको एक होटलमा मंगलबार फेला परेको बालकका बुबा पदमबहादुर साउदले राससलाई जानकारी दिनुभयो ।

लडागडाको सुनादेवी उच्च माविमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक हर्कबहादुर साउद विद्यालय पोसाकमा नै बेपत्ता भएका थिए । किन र कसरी घरबाट छोरा कैलालीको अत्तरिया होटेलमा पुगे भन्ने विषयमा आफू अनभिज्ञ रहेको बालकका बुबा पदमबहादुर साउदले बताउनुभयो ।

छोरा हराएको भनी चिन्तित बनेका साउदका परिवारले हर्कलाई खोज्न भरपुर मिहेनत गरे तापनि सफल नभएपछि समस्यामा परेका थिए । अत्तरियामा बसोबास गर्दै आएका पदमका भाइ पदम बोहराले हर्क हराएको सुनेका थिए । एक्कासि अत्तरियाको एक होटेलमा मङ्गलबार बिहान हर्कलाई भेटेपछि पदमले बालकका घरपरिवारलाई खबर गरेका थिए ।

दीपायलबाट कैलालीका लागि छुट्ने सवारीका साधनबाट आफू अत्तरिया पुगेको बालक हर्कले बताएका छन् । पछिल्लो समयमा सुदूरपश्चिममा बालक बेपत्ता हुने क्रम बढेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस