हतियारसहित दुईजना पक्राउ

लहान, २२ असार –

प्रहरीको गस्ती टोलीले मङ्गलबार साँझ सिरहा नगरपालिका–७ बाट हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहा नगरपालिका–१२ निवासी १८ वर्षीय मोहमद अब्दुल राइन र सोही ठाउँका २० वर्षीय सदाम दफालीलाई पक्राउ गरेको हो ।

बसविट्टाबाट सिरहातर्फ आइरहेको को २५ प १३३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक दफालीको साथबाट पेस्तोलमा फिट हुने १२–१२ सेन्टिमिटर लम्बाई भएको एक थान म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

यस्तै अनुसन्धानका क्रममा दफालीको घरबाट आठ एमएम लेखिएको गोलीको खोका एक थान बरामद भएकाले दुवैजनामाथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button