मुस्ताङमा नयाँ गुफा भेटियो

मुस्ताङ, २२ असार –

मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र दुईवटा गुफा पत्ता लागेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उक्त गुफाको नाम स्थानीयवासीले ‘लियोपार्ड केभ’ (चितुवा गुफा) राखेका थिए । गुफा भेटिएसँगै त्यसको अवलोकन गर्न थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमको आर्थिक सहयोगमा जनमुक्ति युवा क्लबले ठिनी गाउँदेखि गुफासम्म पुग्ने बाटो मर्मतका क्रममा उक्त नयाँ गुफा भेटिएको क्लबका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिनुभयो ।

“पहिला यो गुफाका बारेमा स्थानीयवासीलाई केही पनि जानकारी थिएन”, उहाँले भन्नुभयो, “तर अहिले छोटो अवधिमै तीनवटा गुफा भेटिएको छ ।” यी गुफा प्राचीनकालको भएको स्थानीयवासीको भनाइ छ । गुफालाई पर्यटनसँग जोड्न सके धेरै राम्रो हुने ठिनी गाउँका गाउँ मुखिया कुलबहादुर थकालीले बताउनुभयो ।

ठिनी क्षेत्रमा चितुवा र हिउँ चितुवा गरी दुवै खालका चितुवा पाइन्छन् । मुस्ताङका माथिल्लो भागमा यस्ता गुफा धेरै सङ्ख्यामा भए तापनि तल्लो भागमा कमै सङ्ख्यामा गुफा छन् ।

प्रचार–प्रसारको कमीले पनि तल्लो भागमा रहेका गुफाका बारेमा धेरै मानिसलाई जानकारी नभएको हो । एक्याप जोमसोमकी कार्यालय प्रमुख निरु थापाले जिल्ला भित्रिने पर्यटकलाई गुफाका बारेमा जानकारी गराएर उनीहरुको बसाइ अवधि बढाउन सके सबैलाई लाभ पुग्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button