खानेपानी सेवा बन्द

इनरुवा, २२ असार –

सुनसरी सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको छ । इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुँदै आएको पानीका दुईवटा पम्प खराब भएका कारणले सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको हो ।

बुधबारदेखि खानेपानी सञ्चालन अवरुद्ध भएकाले मर्मतकार्यसमेत थालिएको संस्थाले जनाएको छ । इनरुवा खानेपानी उपभोक्ता संस्थाले सूचना जारी गरी मर्मत कार्य सम्पन्न नभएसम्म सदरमुकाम इनरुवामा खानेपानी वितरण सेवा बन्द रहने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button