काठमाडौँ, २२ असार –
ओम अस्पताल भर्ना हुनुभएका नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उहाँलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा। लव जोशीले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसारको अहिले उहाँको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उहाँलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उहाँले बताउनुभयो । डा. जोशीले भन्नुभयो—‘‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । उहाँको अवस्था गम्भीर छ ।’’
डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।
डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।
महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहाुदुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शिर्ष नेताहरु पुग्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक एवम् अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution