काठमाडौँ, २२ असार –
नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय टोलीबीच दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ ।
खेल आगामी असार ३१ र साउन २ गते बङ्गलादेशमा तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । तर कुन सहरको कुन रङ्गशालामा खेल हुनेबारे भने निश्चित भइनसकेको एन्फाले उल्लेख गरेको छ ।
नेपालले केही महिना अघि मलेसियाको बाइस वर्षमुनि (अण्डर–२२)को टोली र लाओसको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेलेको भए पनि गत वर्षदेखि प्रतिस्पर्धात्मक खेल खेलेको छैन ।
अब नेपालले आगामी नोभेम्बर २ देखि १५ सम्म ‘एएफसी सोलिडारिटी कप’मा सहभागिता जनाउँदैछ । त्यसका लागि अहिले नेपाली टोली प्रशिक्षणमा छ । नेपाल र बङ्गलादेशबीच हुने यी दुई खेल त्यही प्रतियोगिताको तयारीको हो ।
हाल जापानी प्रशिक्षक ग्यातुकी कोजी नेपाली टोलीको प्रशिक्षण हुनुहुन्छ । उहाँ नियुक्ति भएयता नेपालले कुनै प्रतिस्पर्धात्मक खेल खेलेको छैन । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution