फेवा तालमा माछाका भुरा छोडियो

  • पोखरा न्यूज
  • २०७३ अषाढ २२
Post Thumbnail

पोखरा, २२ असार –

जिल्ला कृषि विकास कार्यालयले आज फेवा तालको खपौंदी क्षेत्रमा आठ हजार माछाका भुरा छोडेको छ ।

हर्पन फेवा मत्स्य सहकारी संस्था, खपौदीमा आयोजित एक कार्यक्रमकाबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेशप्रसाद कोइरालाले संयुक्त रुपमा माछाका भुरा छोड्नुभएको हो ।

फेवा तालमा रु एक लाख मूल्य बराबरका २० हजार माछाका भुरा छोड्ने योजना रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो । तालमा रहु, नैनी, विगेटलगायतका विभिन्न जातका माछाका भुरा छोडिएको हो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस