प्रहरी तथा सिआइडी हुँ भनी लुटपाट गर्दै हिँड्ने व्यक्ति पोखरामा पक्राउ

पोखरा, २२ असार –

पोखरा तथा आसपासका विभिन्न ठाउँमा लुटपाटमा संलग्न  बसन्त थापालाई असार १९ गते पोखरा उपमहानगरपालिका–१४ चाउथेबाट प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा धवाङ गाविस– ४ का ३६ वर्षीय थापाले आफुलाई प्रहरी तथा सेनाको सिआइडी हुँ भनी पोखरा तथा आसपासका क्षेत्रमा मानिसहरुलाई तपाईहरुको शरीर तथा सामानहरु चेकजाँच गर्नुप¥यो भनी डरत्रास देखाई उनीहरुको साथमा रहेका बिभिन्न प्रकारका मोवाइल सेटहरु लुटपाट गर्ने गरेका थिए ।

थापाले  चोरी गरी लगेका सामानहरुमध्ये बिभिन्न मोडेलका १७ थान मोवाईल सेटहरु तथा १ वटा साईकल उसले बिक्री गरेका बिभिन्न पसलहरुबाट प्रहरीले बरामद गरेको छ ।  थापाबाट चोरीको मोवाईल  सेट खरिद गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–४ बस्ने ३० वर्षीय सन्तोष सुनार भन्ने कमल सुनार र सोही नगरपालिका–३ बस्ने २३ वर्षीय रमित श्रेष्ठ बिरुद्ध समेत प्रहरीबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button