मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते २ मध्ये १ को मृत्यु – अपडेट

पोखरा, २२ असार –

पोखराको लेकसाइडमा बुधबार मोटरसाइकल दुर्घटना  गम्भीर घाइते भएका दुइ जना मध्ये एकको अस्पतालमा मृत्यु भएको छ । अर्का घाइते लेकसाइड बस्ने संखुवासभाका २२ बर्षीय सन्तु गुरुङको  उपचार भइहेको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पोखरा ५ परस्याङ्ग बस्ने २० वर्षिय ग८प ७२८४ मोटरसाइकल चालक सुरज पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पछि घाईते दुबैको उपचारका लागि मेट्रोसिटि अस्पतालमा लगिएको थियो ।

मृतक पौडेलको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

लेकसाइड को डिहीकोपाटनमा दिनको ४ बजे ग५प ४९२९  मोटरसाइकल  र ग८प ७२८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन् । स्थानियवासीका अनुसार हल्लनचोक तर्फ आउदै गरेका २ वटा मोटरसाइकललाई बिपरित दिसाबाट आएको रातो रङ्गको प्राइभेट कारले डिहीकोपाटनमा ठक्कर दिएर भागेको थियो । उक्त  सवारीको  खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button