नेपाल–भारत सीमा व्यवस्थापन गरिने – व्यवस्थामन्त्री सुब्बा

  • पोखरा न्यूज
  • २०७३ अषाढ २२
नेपाल–भारत सीमा व्यवस्थापन गरिने –  व्यवस्थामन्त्री  सुब्बा

काठमाडौं, २२ असार –

भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो । विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयकोशीर्षकमाथिका छलफलमा उठेका प्रश्नको आज संसद् बैठकमा जवाफ दिँदै उहाँले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

उहाँले सुकुम्बासी समस्या समाधान गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिँदै दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्नेतर्फ कार्यक्रम अगाडि बढेको, कमैया, हलैया प्रथा तीन वर्षभित्र मुक्त गर्न रु एक अर्ब १० करोड विनियोजन समेत भएको सदनलाई जानकारी दिनुभयो ।

आठ जिल्लामा विशेष नापी टोली कार्यरत रहेको मन्त्री सुब्बाले स्पष्ट पार्नुभयो ।रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस