बृटिस क्याम्पलाई हराउदै बास्केटबल संघ विजयी

पोखरा, २२ असार –

कास्की जिल्ला बास्केटबल संघको आयोजना बुधबार पोखरामा सम्पन्न भएको मैत्रिपुर्ण बास्केटबल प्रतियोगितामा आयोजक कास्की जिल्ला बास्केटबल विजयी भएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको खेलमा आयोजक कास्की जिल्ला वास्केटवल संघले बृटिस क्याम्प पोखराको टोलीलाई एक स्कोरको झिनो अन्तरले पराजित गरेको हो । संघले बृटिस क्याम्पलाई ३८–३७ को स्कोरले पराजित गरेको हो । बृटिस क्याम्पका पदाधिकाहरुसंग भातृत्वको विकास गराउदै, स्वास्थ्य जिवनको लागि खेलकुद भन्ने नाराका साथ उक्त मैत्रिपुर्ण खेल आयोजना गरीएको संघका अध्यक्ष नेत्र बहादुर सेनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button