काबुलमा मारिएका नेपालीको सम्झनामा गीत

काठमाडौँ, २२ असार –

यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ आज आयोजित कार्यक्रममा सो घटनाको सिकार भएका स्व वीरबहादुर क्षेत्रीकी श्रीमती गङ्गा, स्व चन्द्रबहादुर रानामगरका छोरा अशोक, सङ्गीतकार बिबी अनुरागी, गायिका बिमाकुमारी दुरालगायतले उक्त गीतको सिडीे लोकार्पण गर्नुभयो । ‘सुन्नुस् हजुर काबुलमा नेपालीका कथा’ बोलको गीतले ‘ज्यान जाने जोखिमसम्म भएका देशविदेश जानुभन्दा स्वदेशमै खेतबारी खन्दै एक छाक आनन्दले खानु उत्तम हो’ भन्ने सन्देश दिन्छ ।

सिङ्गो एउटै यस गीतमा काबुल घटनामा ज्यान गुमाएका हरेक नेपालीको कथा समेटिएको छ जसको शब्द लेख्ने काम हाल प्रवास ९साउदी अरेबिया०मा रहेका वीरबहादुर खत्री र जीवनकुमार आचार्यले गरेका हुन् । सम्मान म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा शेरबहादुर आचार्य र कृष्णा परियारले स्वर दिनुभएको हो भने सुकराम विकले सङ्गीत भर्नुभएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासी एलाइन्सका संस्थापक तथा नेपाल अध्यक्ष रमेश तुफानले खतरा मोलेर जोखिमयुक्त देशमा गैरकानुनी रुपमा जाँदा यस्ता घटना फेरि पनि दोहोरिनेतर्फ सचेत गराउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न राज्यलाई सबैले दबाब दिन आवश्यक रहेको बताउनुभयो ।

आयोजक सम्मान म्युजिकका निर्देशक प्रकाश क्षेत्रीले गीत बिक्रीबाट उठेको सम्पूर्ण रकम पीडित परिवारको सहयोगमा खर्च गरिने बताउँदै चाँडै म्युजिक भिडियो निर्माण गरिने जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button