पोखरा २२, असार –
साहसिक खेल प्याराग्लाईडीङको व्यवसायीक उडान गर्नु पुर्व खेलाडीको रुपमा लाईसेन्स वितरण गर्न पोखराबाट सुरु गरीएको छ । प्याराग्लाइडीङ तथा ह्याण्डग्लाइडीङ संघले राष्ट्रिय खेलकुद परिषदको समन्वयमा पोखरामा पहिलो पटक प्याराग्लाईडीङ गर्दै आएका १७ जनालाई खेलाडीको रुपमा मान्यता पाउने गरी लाईसेन्स वितरण गरीएको संघका केन्द्रीय उपाध्यक्ष फत्त बहादुर गुरुङले बताए ।
कुनै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्याराग्लाईडीङ प्रतियोगितामा सहभागिताको लागि सरकारी निकायबाट मान्यता प्राप्त उक्त कार्ड प्राप्त गर्ने खेलाडीहरुले सहज रुपमा सहभागिता जनाउन पाउने भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका संघका उपाध्यक्ष गुरुङले बताए । बुधबार एक समारोहका विच स्पोर्ट ल्याण्डीङको मान्यता प्राप्त १४ जना, ईन्टरमिडेड स्पोटर्स (सोलो) ३ जना र युकेस गुरुङले एड्भान्स स्पोटर्सको मान्यता प्राप्त लाईसेन्स प्राप्त गरेको सचिव ईन्द्र भण्डारीले बताए ।
ऋषि पौडेल, विशाल परियार, सागर जलारी, रामचन्द्र पुन, प्रज्वल रन्जित, करणजंग कार्की, विष्णु कार्की, हरिचन्द्र श्रेष्ठ, विक्रम सुनुवार, अशोक राई, रविराज दर्लामी, विनोद कुमार खड्का र शिव थापाले स्पोटर्स टेण्डमको लाईसेन्स प्राप्त गरे भने नविन परियार, सुदिप गौतम र माधव पहारीले सोलो पाईलटको लाईसेन्स प्राप्त गरेको संघका महासचिव सैलेन्द्र राउतले बताए । १४ बर्ष का युकेस गुरुङले उमेरको हदवन्दीको कारणले गर्दा नागरीकता प्राप्त नगरेकोले उनले एड्भान्स कोर्ष पुरा गरे पनि व्यवसायीक उडान गर्न नागरीकता प्रमाणपत्र पाउनु पर्दछ ।
राखेपका सदस्य विरेन्द्र श्रेष्ठले प्याराग्लाईडीङ पाईलटहरुलाई उक्त लाईसेन्स वितरण गरेका थिए । पहिलो चरणमा खेलाडीको रुपमा लाईसेन्स वितरण गरे पछि दोश्रो चरणमा नेपाल नागरीक उडड्यन प्राधिकरण क्यानसंग समन्वय गरी व्यवसायीक प्याराग्लाईडीङ पाईलटको लाईसेन्स वितरण प्रकृयालाई अघि बढाउने भएको महासचिव राउतले जनाए । खेलाडीको रुपमा रहेका पाईलटहरुलाई व्यवसायीक रुपमा लाईसेन्स विरण प्रकृया छिट्टै अघि बढाउनु पर्ने राखेपका प्याराग्लाईडीङ खेलका प्रमुख प्रशिक्षक सानोबाबु सुनुवारले बताए । सरकारी निकायबाट पहिलो चरणमा खेलाडीको मान्यता प्राप्त गरे पछि व्यवासायीक पाईलटको मान्यता पाउने भएको सुनुवारले बताए । १८ बर्ष उमेर पुगेको शारीरिक रुपमा स्वस्थ्य व्यक्तिले सोलो फ्लाईट २ सय घण्टा गरे पछि एड्भान्स पाईलटको रुपमा मान्यता प्राप्त गर्दछ । राखेपबाट मान्यता प्राप्त आधिकारीक प्याराग्लाईडीङ स्कुलबाट प्रशिक्षित भएसंगै केहि एड्भान्स तालिमहरु लिए पछि उनीहरुलाई संघले खेलाडीको रुपमा लाईसेन्स दिने गर्दछ । पोखरामा प्याराग्लाईडीङ गर्ने ६२ वटा कम्पनीहरु रहेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution