डोल्पा, २३ असार –
डोल्पाको एक मात्र जिल्ला अस्पतालमा कर्मचारी नभएपछि एक्स–रे सेवा ठप्प भएको छ ।
एक्स–रे गर्ने कर्मचारी तालिममा जिल्लाबाहिर गएकाले दुई हप्तादेखि सेवा ठप्प भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । कर्मचारी नभएपछि जिल्लाका बिभिन्न गाउँबाट एक्स–रेका लागि अस्पताल पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् । अस्पतालमा कर्मचारी नभएपछि एक्स–रेका लागि जिल्लाबाहिर जान थालेको त्रिपुराकोट रल्लीका सुकलाल नेपालीले बताउनुभयो ।
त्यस्तै, एक्स–रे गर्न नपाएको गुनासो जुफाल गाविस मोतिपुरका शुद्ध परियारले गर्नुभयो । एक हप्ताभित्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक्स–रे गर्ने स्वास्थ्यकर्मी बोलाएर सेवा सञ्चालन गरिने डाक्टर श्रीकान्त अग्रवालले बताउनुभयो ।
जुम्लाबाट आउने स्वास्थ्यकर्मीबाट डोल्पाका स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिन पठाएर सेवालाई दीर्घकालीन बनाइने समेत उहाँले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution