सप्तरी, २३ असार –
नेपालबाट अवैध रुपमा भारततर्फ लगिँदै गरेको २० बोतल रक्सीसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल कुनौली–३ बस्ने २७ वर्षीय विवनारायण दास रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा झोलामा २० वटा बोतलमा प्याक गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
यस्तै राजविराज–६ स्थित शिवनाथ साहको घरमा अवैध मदिरा उत्पादन गरिरहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले तयारी अवस्थामा रहेको ३० लिटर घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ एक हजार किलो बरामद गरेको छ । साथै साहलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको रक्सीसहित भारतीय नागरिक र अवैध मदिरा उत्पादन गर्ने साहलाई वेल्ही भन्सार कार्यालय राजविराजमा बुझाइने प्रहरीले बताएको छ ।
भारतको विहारमा मदिरा बिक्री वितरणमा रोक लगाएपछि तराईको जिल्लामा भारतीय नागरिकको मदिराको कारोवारमा चहलपहल देखिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution