दमक, २३ असार –
घुस रकमसहित एक सरकारी अधिकृतलाई आज दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।
एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
खनालले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन ।
चन्द्रगढी दरबन्दी भएका उहाँले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution