होटल संघ र रेवानद्वारा तालिम

पोखरा, २३ असार –

पश्चिमाञ्चल होटल संघ पोखरा र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको संयुक्त आयोजनामा बिहिबारदेखि पोखरामा दुई दिने हाइजिन व्यवस्थापन तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु भएको तालिममा होटल र रेष्टुरेण्टका भान्छामा कार्यरत ६० जना कर्मचारी सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्दै सीटीईभीटी पोखराका प्राचार्य हर्कलाल श्रेष्ठले यस्तो तालिमले सहभागीको सीप तिखार्न मद्दत पुग्ने बताए । उनले पाहुनाका लागि थप परिस्कृति र सफासँग खानेकुरा पकाउन तथा पस्कन तालिमले ज्ञान प्रदान गर्ने उनले सुनाए ।

आयोजक संघका अध्यक्ष भरतराज पराजुलीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्दै दुई संस्था संघ र रेवान मिलेर संयुक्त रुपमा तालिम आयोजना गरिएको पहिलो पटक भएको जानकारी दिए । तालिमले सहभागीमामा सफा खानाको महत्वबारे थप ज्ञान प्रदान गर्ने उनले बताए ।

नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटकका लागि यात्रा, बसाई र खानाको ठूलो महत्व भएको बताउँदै सफाईको पक्षलाई बढी भन्दा बढी ख्याल गर्न सक्नुपर्ने भनाई राखे । रेवान पोखराका कार्यबाहक अध्यक्ष चौबहादुर गुरुङले यस्ता तालिमले सहभागीमा हाइजिन व्यवस्थापन सम्बन्धि थप ज्ञान र सीप प्रदान गर्ने बताउँदै तालिमबाट लाभ लिन आग्रह गरे । कार्यक्रमको संचालन रेवान महासचिव लक्ष्मण बरालले गरेका थिए । प्रशिक्षक साजन गुरुङले हाइजिन व्यवस्थापन सम्बन्धि तालिम दिइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button