काठमाडौँ, २३ असार –
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उहाँ खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।
चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले बेलुकीसम्म भेन्टिलेटर झिकिने छ । अहिले उहाँको रक्तचाप १२०-८०, मुटुको धड्कन ९०-८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसक्नुभएको र उहाँले कुराकानी पनि गर्नुभएको अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भन्नुभयो – “अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।”
यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गर्दै नेता कोइराला पुनः स्वस्थ जीवनशैलीका साथ पार्टी जीवनमा फर्कने विश्वासका साथ स्वास्थ्यलाभको कामना गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution