पोखरा, २३ असार –
नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सहित उपप्रधानन्त्री एवम उच्च अधिकारीले आज नेपाल–चीन उत्तरी नाका कोरलाको स्थलगत अवलोकन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालसहित उपप्रधानमन्त्री विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझी, अर्थराज्यमन्त्री दामोदर भण्डारी, मुस्ताङका सांसद रोमी गौचन, श्रीमाया थकाली र महेन्द्र शेरचन लगायतले कोरला नाका, लोमन्थाङ लगायत क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो ।
मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीका अनुसार स्थलगत भ्रमणमा उहाँहरूले कोरला नाका सञ्चालनका लागि भन्सार कार्यालय र सुरक्षा निकायका लागि छुट्याइएको जग्गा, भीमदल गण, उच्च शिखर शिक्षालयलगायत स्थानको पनि अवलोकन गरी जानकारी लिनुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution