काठमार्डौँ, २३ असार –
झन्डै तीन घन्टाको अन्तरालमा आज फरक स्थानमा दुई पराकम्प गएका छन् ।
साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको पराकम्प गएको थियो । पराकम्पबाट तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution