फार्मेसी र क्लिनिकमा शिलबन्दी

काठमाडौँ, २३ असार –

नियमित अनुगमनका क्रममा नियम विपरित सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकमा शिलबन्दी गरेपछि स्थानीयले सरकार रहेको अनुभूति भएको बताएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आज संयुक्त रुपमा गरेको स्थलगत अनुगमनका क्रममा बालाजु र धापासीमा नियम विपरित सञ्चालनमा रहेका औषधि पसलमा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा भेला भएका स्थानीय विनोद खड्काले लामो समयदेखि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका क्लिनिक बन्द गगराएकामा खुसी लागेको बताउनुभयो । उहाँले गलत काम गर्नेमाथि कारबाही भएकाले बल्ल आफूलाई मुलुकमा सरकार रहेको अनुभूति भएको उल्लेख गर्नुभयो ।

माछापोखरीस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ले विगत दश वर्षदेखि नवीकरण नगरी सञ्चालित हुँदै आएको, ८० प्रतिशत बढी पैसा लिई उपभोक्तालाई औषधि बिक्री वितरण गरेको र अनधिकृत ढङ्गले दशभन्दा बढी चिकित्सकको नाम टाँस गरी सञ्चालन हुँदै आएको पाइएकाले अनुगमन टोलीले उक्त क्लिनिकालाई शिलबन्दी गरेको हो ।

यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्सेरे, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ । क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केही कमजोरी भएको स्वीकार गरेपनि उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गर्दै उहाँले एक दर्जन चिकित्सकको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम हटाउन नभ्याइएको बताउनुभयो ।

अनुमगनकै क्रममा धापासीमा रहेको ‘आराधना हेल्थ केयर सेन्टर प्रालि’ मा पनि शिलबन्दी गरेको छ । आराधना हेल्थ केयरले औषधि व्यवस्था विभागमा स्वीकृत गरेर सञ्चालन गर्नुपर्नेमा तत्कालीन गोङ्गबुमा गाविसबाट स्वीकृत गरी सञ्चालन गरेको र औषधिको बढी मूल्य लिएको पाइएकाले शिलबन्दी गरेको हो ।

फार्मेसी सञ्चालनका लागि औषधि व्यवस्था विभाग र क्लिनिकको लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट स्वीकृति लिनुपर्ने कानूनी प्रवधान छ । त्यसैगरी धापासीमै रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको, फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम रहेको भन्दै ग्रान्डी अस्पतालको नजिकै रहेको उक्त फार्मेसीलाई पनि अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित शिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थिति हुनको लागि निर्देशन दिएको छ । कागजातको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी गराउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button