धनुषाधामलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न माग

जनकपुरधाम, २४ असार –

पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधाम पूर्वाधारको अभाव तथा राजनीतिक स्वार्थका कारण यसलाई धार्मिक पर्यटक केन्द्रका रुपमा विकास हुन सकेको छैन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रामायणकालीन शिव धनुषाको टुक्रा, वाणगङ्गा नदी, सीताराम कुटी, पञ्चमुखी हनुमान मन्दिर, रामधुन मन्दिर, रमणीय वन जङ्गललगायत दर्जनौँ ऐतिहासिक तथा पुरातात्विक महत्वको धरोहर भए पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न समस्या खेप्दै आएकाले यसको धार्मिक विकास हुन नसकेको हो ।

विदेह मिथिला क्षेत्र पर्यटीय प्रवद्र्धन विकास समिति जनकपुरद्वारा धनुषाधाममा आयोजित धनुषाधामको पर्यटकीय विकाससम्बन्धी ‘एक दिन गोष्ठी’मा वक्ताहरुले धनुषाधाममा रहेको धनुषाको दर्शन भारतको रामेश्वरमको दर्शन गरी जति फल प्राप्त हुने भएकाले यसको विकासका लागि गुरुयोजना तयार हुनुपर्नेमा जोड दिनुभयो ।

धनुषाधाम धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले जति महत्वपूर्ण रहेपनि पर्यटन सूचना केन्द्र स्थापना नहुनु, जताततै फोहर पर्यटकलाई बस्ने र अन्य सेवा र सुविधाको अभाव, सडकको दूरावस्था, धर्मशालाको जीर्णोद्धार हुन नसकेकोजस्ता समस्याका कारण पर्यटन विकासमा बाधा पु¥याएको वक्ताहरुको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड विकास समिति धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो गोष्ठीमा समाजसेवी गङ्गाराम यादव, बोर्डका केन्द्रीय सदस्य तथा मानवअधिकारकर्मी विजय दत्त, सञ्चारकर्मी कैलाश दासलगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिले धनुषाधामको विकासमा जोड दिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button