फोहर व्यवस्थापन नहुँदा वातावरण प्रदूषित

  • पोखरा न्यूज
  • २०७३ अषाढ २४
फोहर व्यवस्थापन नहुँदा वातावरण प्रदूषित

काठमाडौँ, २४ असार –

कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा फोहर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित बन्दै गएको छ ।

काठमाडौँ उपत्यका बाहिरका स्थानबाट आउने विभिन्न फलफूल तथा तरकारीबाट उत्पादन हुने फोहर व्यवस्थान लामो समयदेखि हुन नसकेको व्यवसायी बताउँछन् । फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्रप्रसाद पौडेलले त्यहाँ उत्पन्न हुने फोहरलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न सम्बन्धित निकायसँग कुराकानी भइरहेको जानकारी गराउनुभयो ।

करिब दैनिक १५ मेट्रिक टन फोहर उत्पादन हुने उक्त स्थानमा बर्साद्को समयमा फोहर व्यवस्थापन नभएका कारण विभिन्न किसिमका रोगको सङ्क्रमण बढ्ने खतरा रहेको व्यवसायी तथा बजारकी महिला बचत तथा सहकारी संस्थाकी अध्यक्ष तारा रेनी मगरले बताउनुभयो ।

बजारभित्र विभिन्न खाल्डाखुल्डीको समेत मर्मतसम्भार हुन सकेको छैन । त्यसले गर्दा ठाउँठाउँमा पानी जमेकाले पनि वस्तु खरिद गर्न आउने उपभोक्तालाई समेत समस्या परेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस