संविधान कार्यन्वयनमा समय लाग्छ –बिजुक्छे

पोखरा, २४ असार –

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान कार्यन्वयन हुन समय लाग्ने बताएका छन । नेपाल मजदुर किसान पार्टीले सुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तराई मधेष दलका केहि मतभेदहरु रहेकोले नेपालमा जारी नयाँ संविधान कार्यन्वयन हुन समय लाग्ने बताएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले भने “विश्वकै कुनै पनि मुलुकमा नयाँ संविधान जारी हुदा सहज ढंगले कार्यन्वयनमा भएको छैन, नेपालमा तराई मधेष सहितका जनताहरुको तल्लो स्तरबाट छलफल नै नगरी आएको संविधानले सवैलाई समेट्न नसकेको हुनाले पनि संविधान कार्यन्वयनमा कठिनाई आएको हो । ” प्रदेश बने पछि फेरी विवाद आउने बताउदै उनले पहिलो चरणमा संविधान लागु हुन समस्या भएकोले राष्ट्रिय सहमतिको सरकारबाटै अगाडी बढ्नुको विकल्प नभएको उनले जनाए । पहिला स्थानीय निकायको चुनाव, प्रदेश सिमाङकमा छलफल गरेर चरणवद्ध ढंगले अगाडी बढ्नु पर्ने बताएका विजुक्छेले एकै पटक धेरै काम गर्छु भन्दा कुनै काम पनि सफल नहुने दाबी गरे ।

संघिय राज्य गठन हुदा तल्लो तहबाटै जनताहरुसंग व्यापक रुपमा छलफल नभइ संविधान जारी भएकोले समस्या आएको जनाएका उनले संविधान कान्वयनमा करीब दुई बर्ष लाग्ने जनाए । नेपाली जनता र भारतीय जनताहरु विच राम्रो सम्वन्ध भएको बताएका विजुक्छेले नेपाली जनताको पक्षमा दिल्लीको व्यवहार प्रष्ट नदेखिएको जनाए । भारत बिरुद्ध आफुहरु मात्र खरो रुपमा उर्तिने गरेको बताएका नेता विजुक्छेले नेपाल माथि भारतले नाकाबन्दी गरेर आर्थिक युद्ध गरेको आरोप लगाए ।

सकरारमा बसेर सरकारको बिरोध गर्नु बेईमानी भएको उनले बताए । सरकारमा बसेर सरकारको बिरोध गर्नु उचिन नहुने बताउदै नेपाली राजनीतिमा यस्तो भएकोले अस्वस्थ प्रतिष्प्रर्धा भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button