
रामपुर (पाल्पा), २४ असार –
भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सदरमुकाम तानसेनबाट रामपुरतर्फ आउँदै गर्दा बिर्कोट गाविसको सेफत भिरबाट लडेर आज स्याङ्जा जिल्ला साँखर गाविसकी ५० वर्षीया दुर्गादेवी ढकालको मृत्यु भएको हो ।
तानसेन मिसन अस्पतालमा उपचार गरी घर फर्र्कने क्रममा ढकाल भिरबाट करिब चार सय मिटर तल खसेको उहाँका आफन्त रेशम कँडेलले जानकारी दिनुभयो ।
पहिरोका कारण उक्त सडक अवरुद्ध भएपछि ढकाल पैदल हिँडेर आउन खोज्दा भिरबाट खस्न पुगेको बताइएको छ । उहाँको शव परीक्षणका लागि रामपुर अस्पताल ल्याइँदैछ । रासस





