हात्तीको आक्रमणबाट चालकको मृत्यु

कलैया, २४ असार –

बारा अमलेखगन्ज गाविसस्थित नेपाल आयल निगम क्षेत्रीय डिपो अगाडि पार्किङ गरी राखिएको ट्र्याक्टरमाथि बिहीबार बेलुकी जङ्गली हात्तीले आक्रमण गर्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो डिपोबाट इन्धन लिएर गएको ट्र्याक्टर पार्किङ गरी राखिएको ठाउँमा हात्तीले ट्र्याक्टरलाई धकेल्दा चालक हेटौँडा– सानो सिमरा बस्ने भानुभक्त कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button