आस्था परिवर्तन गर्न लगाउने गैससमाथि अनुसन्धान

  • पोखरा न्यूज
  • २०७३ अषाढ २४
आस्था परिवर्तन गर्न लगाउने गैससमाथि अनुसन्धान

काठमाडौँ, २४ असार –

उपप्रधानमन्त्री सिपी मैनालीले केही गैरसरकारी संस्था मानिसमा रहेको आस्था परिवर्तन गराउने कार्यमा भएको पाइएकाले त्यसको अध्ययन र अनुसन्धान भइरहेको बताउनुभएको छ ।

विनियोजन विधेयक २०७३ अन्तर्गत महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमाथिको शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले मुलुकमा अहिले ४० हजार गैरसरकारी रहेको र २०० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी सञ्चालनमा रहेकाले तिनको अनुमगन र नियमन गर्न ऐन बनाउने कार्यको थालनी भएको जानकारी दिनुभयो ।

उहाँले महिला सशक्तीकरण, बालबालिकाको संरक्षण र ज्येष्ठ नागरिकको सेवाजस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयका लागि गत वर्षभन्दा पनि घटाएर आगामी आवका लागि रु दुई अर्ब ४२ करोड मात्र बजेट विनियोजन गरिएको छ भन्नुभयो । महिलाको स्रोतमा पहुँच बढाउन महिला संलग्न सहकारीलाई जोड दिइएको बताउँदै उहाँले आगामी आवमा २५ जिल्लामा बालबालिका पुनःस्थापना केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

काठमाडौँ लगायत सहर सडक बालबालिकामुक्त गराउने अभियानलाई सरकारले तीव्रता दिएको बताउँदै मैनालीले दाइजो, छाउपडी लगायत कुप्रथा र कुरीति नियन्त्रण गर्ने कार्यक्रम अघि सारिएको पनि उहाँले बताउनुभयो । काठमाडाँै बाहिर पनि जेष्ठ नागरिक आश्रम बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई सीपमूलकसहित अन्य कार्यक्रममा बजेटलाई प्राथमिकता दिइएको छ भन्नुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस