बाइस हजार कुकुर व्यवस्थापनको काम बढ्दै

  • पोखरा न्यूज
  • २०७३ अषाढ २४
Post Thumbnail

काठमाडौँ,२४ असार –

काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्र रुपमा अघि बढाइरहेको छ ।

हरेक दिन सामुदायिक कुकुरको सङ्ख्या वृद्धि भएको र सोही अनुपातमा नै फोहोरमैला पनि वृद्धि भएकाले झन्डै चार महिनादेखि व्यवस्थापन अभियान सुरु भएको थियो । अभियानको पहिलो चरणमा सिंहदरबारमा रहेका एक सय २० मध्ये भाले र पोथी गरी ८० कुकुरको बन्ध्याकरण गरिएको कामपा, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । सिंहदरबारमा नै रहेका अन्य कुकुर विभिन्न रोगबाट ग्रसित रहेकाले उपचार गरेर छाडिएको छ ।

कामपामा रहेका अन्य कुकुरको बन्ध्याकरण र उपचारका लागि पनि महाशाखाले काम अघि बढाइरहेको छ । कामपाका ३५ वडाभरमा करिब २२ हजार कुकुर रहेको तथ्याङ्क छ । हाल तिनको व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ ।

प्रमुख श्रेष्ठका अनुसार बाहिर रहेका कुकुरलाई व्यवस्थापन गर्न हाल टेकुमा कोठा खोज्ने काम भइरहेको छ । कोठा पाएसँगै कामपाका सबै वडाकै कुकुर व्यवस्थापनको काम सुरु हुनेछ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस