शत्र सहकारी खारेजीमा

रत्ननगर (चितवन), २५ असार –

चितवनमा यो वर्ष १७ वटा सहकारी खारेजीको प्रक्रियामा पुगेका छन् । नियमानुसार काम नगरेका र निक्रिय रहेकाले ती सहकारी खारेजी प्रक्रियामा गएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवम् सहकारी प्रशिक्षक चोलाकान्त पोखरेलले जानकारी दिनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खारेजी प्रक्रियामा परेका १७ सहकारीमध्ये तीन वटा सहकारीले खारेज गरी पाउँ भनेर निवेदन दिएका छन् भने अन्य सम्पर्कमै नआएकाले खारेजी प्रक्रियामा परेका हुन् ।

पोखरेलका अनुसार यो वर्ष २८ वटा नयाँ सहकारी दर्ता भएका छन् । थपिएकामा सबैभन्दा बढी कृषि सहकारी संस्था रहेको कार्यालयका सहकारी निरीक्षक ऋषिराम भुसालले जानकारी दिनुभयो । एउटा सहकारी स्थापना गर्न न्यूनतम २५ जना सेयर सदस्य चाहिने र प्रतिसेयर न्यूनतक रु १०० हुनुपर्ने सहकारी ऐनमा उल्लेख छ ।

थपिएकामा १६ वटा कृषि सहकारी, छ वटा वचत तथा ऋण सहकारी, एक वटा मौरीपालन सहकारी, दुई वटा ताजा तरकारी उत्पादक सहकारी रहेकोे भुसालले जानकारी दिनुभयो । यस्तै नयाँ दर्ता भएकामा दुई वटा सामाजिक उद्यमी र एउटा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

पछिल्लो समयमा सरकारले कृषिमा अनुदान बढाएको र कृषि पेसामा युवा आकर्षित हुँदै गएकाले यसरी कृषि सहकारी थपिएका हुन् ।

जिल्लामा आजसम्म नयाँ दर्तासँगै ६८६ वटा सहकारी पुगेका छन् । अघिल्लो वर्ष चितवनमा ६५० वटा सहकारी थिए । यस्तै आठ वटा विषयगत सहकारी सङ्घ छन् । जिल्लामा अहिले वचत सहकारी मात्रै २८३ पुगेको छ । दुग्ध सहकारी १३८ छ भने कृषि सहकारी १२६ पुगेको छ । थपिएका अधिकांश सहकारी गाउँ क्षेत्रमा रहेको र ती सहकारीले स्थानीयको आयआर्जनमा ठूलो सहयोग पुरयाएको भुसालले बताउनुभयो ।

विकट गाविस काउले र सिद्धि गाविसमा समेत सहकारी खुलेको भन्दै अहिले चेपाङसमेत सहकारीमा संलग्न भएर आयआर्जन बढाउन थालेको सहकारी प्रशिक्षण कार्यालयले जनाएको छ ।

चितवनको दाहखानीमा खुलेको नमुना कृषि सहकारी संस्थामा चेपाङ समुदाय पनि सहभागी छन् । उक्त सहकारीका अध्यक्ष आइतसिंह चेपाङ सहकारी संस्थाकै कारण अहिले आफूहरु घरमै तरकारी फलाएर खान थालेको बताउनुहुन्छ ।

पश्चिम चितवनको पार्वतीपुरका किसान बाबुराम पौडेल सहकारीका कारण सयकडा तीनमा ऋण लिनु नपरेको भन्दै साना र गरिब किसानलाई ठूलो राहत मिलेको बताउनुहुन्छ ।उहाँ हाल यहाँको सरस्वती दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । सहकारी खुलेपछि एक माना दूध समेत घर नजिकै लगेर बेच्न सकिने भएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button