होटलकर्मीलाई चिनिया भाषा तालिम

पोखरा, २५ असार –

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा दुई महिने चिनिया भाषा तालिम शनिबारबाट पोखराको ताज होटलमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको तालिममा होटल क्षेत्रका ५० जना सहभागी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष भरतराज पराजुलीले पछिल्ला वर्षहरुमा पोखरा आउने चिनिया पर्यटक बढ्न थालेसँगै पर्यटन क्षेत्रका ब्यवसायी र कर्मचारीलाई चिनिया भाषाको आबश्यकता खड्किएपछि त्यास्तो भाषाको तालिम सुरु गरिएको बताए ।

नेपाल र चीन विच निकै सौहार्दपूर्ण सम्बन्ध रहे पनि त्यस्तो सम्बन्ध दुई देश देश विच रहेको तर जनता जनता विच तल्लो तह सम्म सम्बन्ध विस्तारित हुन सके त्यो झनै फलदायी हुने उनले बताए । नेपालको दक्षिण र उत्तरमा दुई विषाल छिमेकी रहे पनि त्यहाँबाट आबश्यक पर्यटक नेपाल भित्र्याउन नसकिएको बताउँदै पराजुलीले चीनबाट त्यहाँको जनसंख्याको सानो अंश पर्यटकको रुपमा नेपाल भित्र्याउन सक्ने हो भने यहाँको पर्यटनले फड्को मार्ने भनाई राखे । नेपाललाई चीनमा प्रबद्र्धन गर्न होटल संघ नेपालले त्यहाँ छिटै एक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी पनि उनले दिए ।

सो अबसरमा बोल्दै प्रशिक्षक लिओन हुआङले नेपाल र चीनको सम्बन्ध राम्रो रहेको स्मरण गर्दै नेपालमा आफूलाई गरिएको स्वागतबाट आफू प्रभावित भएको बताए । चिनिया भाषाप्रति व्यवसायीको लगावको उनले प्रशंशा गरे । अन्य दुई प्रशिक्षक स्टेभेन जी र थोमस जेहेङ्गले पनि सहभागीलाई प्रशिक्षण प्रदान गर्ने छन् । संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button