भीमदत्तनगर, २५ असार –
शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पद्म थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
बजारको सब्जीमण्डीमा किनमेल गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुबै भारतीय भारततर्फ भागिरहेका बेला प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
उनीहरुको साथबाट लुटेर लगेको सिक्री र एक थान भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको दुबैजना नेपालमा लुटपाट र चोरीका घटनामा संलग्न हुँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution