कास्कीमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु

पोखरा, २५ असार –

‘सत्य सेवा सुरक्षणम’को नारा बोकेको नेपाल प्रहरी यति बेला नागरिक संगको सम्वन्धलाई थप गाढा बनाउन लागि परेको छ । यसै क्रममा नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ कार्यक्रमका साथ नागरिकका विचमा उपस्थिती जनाउने प्रयासलाई अगाडी वढाएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरी मेरो साथी’ कार्यक्रमलाई व्यपकता दिन असार २७ मा देश व्यापी रुपमा परिचालन गर्दै छ । यसै विच कास्कीमा नेपाल प्रहरी कास्कीले ‘प्रहरी मेरो साथी’ कार्यक्रम अगाडी वढाउन खेलकुदलाई समेत प्राथमिकतामा राखेको छ । कास्की प्रहरीले प्रहरी मेरो साथी कार्यक्रमलाई थप व्यापकता प्रदान गर्न भलिवल खेलकुद प्रतियोगिताको समेत आयोजना गरेको हो ।

शनिवार भएको भलिवल प्रतियोगितामा कास्की प्रहरी, कास्की जिल्ला भलिवल संघ, वागलुङ्ग जिल्ला भलिवल संघ, आँधिखोला स्पोर्ट्स कलव स्याङ्गजा हङ्गकङ्गको सहभागिता रहेको छ । यसै विच उक्त प्रतियोगिताको शुभारम्भ पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेन्द्र सिंह वमले एक समारोहका विच गर्नु भयो । सो अवसरमा उहाँले नेपाल प्रहरी सदैव जनताको विचमा रहेकोले यस प्रकारका कार्यक्रमले सम्वन्धलाई प्रगाढ वनाउन सहयोगी रहने धारणा राख्नुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्याल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ्ग लगाएतले नेपाल प्रहरी जहिले पनि नागरिक संगको सम्वन्धलाई स्थापित गर्न जनमुखी कार्यक्रमका साथ अघि वढेकोमा प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button