केशव पाठक
पोखरा, २५ असार –
युरोपियन र भारतिय पर्यटक संगै चिनिया पर्यटकहरुको आगमन पोखरामा वढे पछि पोखेरेली पर्यटन व्यवसायीहरु चिनिया पर्यटक तर्फ आर्कषित हुन थालेका छन । यसका लागि पर्यटन व्यवसायीहरु उनीहरुलाई आर्कषित गर्न र पर्यटन व्यवसायमा लाभ लिन यतिवेला चिनिया भाषा सिक्न थालेका हुन । अंग्रेजी र नेपाली भाषमा पोख्त पर्यटन व्यवसायीहरु पोखरामा चिनिया पर्यटक प्रवल संभावना देखे पछि उनीहरुलाई भाषिक समस्या नपरोस भन्नका लागि चिनिया भाषा सिक्न आतुर भएका हुन ।
यसै क्रममा पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा दुई महिने चिनिया भाषा तालिम शनिबारबाट पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको तालिममा होटल क्षेत्रका ५० जना सहभागी छन् । संघका अध्यक्ष भरतराज पराजुलीले पछिल्ला वर्षहरुमा पोखरा आउने चिनिया पर्यटक बढ्न थालेसँगै पर्यटन क्षेत्रका ब्यवसायी र कर्मचारीलाई चिनिया भाषाको आबश्यकता खड्किएपछि त्यस्तो भाषाको तालिम सुरु गरिएको बताए । नेपाल र चीन विच निकै सौहार्दपूर्ण सम्बन्ध रहे पनि त्यस्तो सम्बन्ध दुई देश देश विच रहेको तर जनता जनता विच तल्लो तह सम्म सम्बन्ध विस्तारित गर्न भाषा प्रशिक्षण फलदायी हुने उनले बताए । नेपालको दक्षिण र उत्तरमा दुई विषाल छिमेकी रहे पनि त्यहाँबाट आबश्यक पर्यटक नेपाल भित्र्याउन नसकिएको बताउँदै पराजुलीले चीनबाट त्यहाँको जनसंख्याको सानो अंश पर्यटकको रुपमा नेपाल भित्र्याउन सक्ने हो भने यहाँको पर्यटनले फड्को मार्नेमा उनी विश्वस्त छन । उनले नेपाललाई चीनमा प्रबद्र्धन गर्न होटल संघ नेपालले चिनमा छिटै एक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी पनि उनले दिए ।
यसैविच पोखरामा रहेको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यस्तै प्रकारको भाषा प्रशिक्षण कार्यक्रमलाई अगाडी वढाएको छ । परिषदले हाल ५० जनालाई चिनिया भाषा तालिम दिन सुरु गरेको छ । उक्त तालिममा पर्यटक प्रहरी, पर्यटन व्यवसायी, पर्यटक गाइड लगाएत सहभागी रहेका छन । परिषदले आइएलओ जापानको सहयोगमा तालिम दिन सुरु गरेको हो ।तालिम बारे जानकारी दिंदै परिषदका अध्यक्ष सोम थापाले भारत र चिन संगको सामिप्यता जति गहिरो भए पनि पोखरेली पर्यटन व्यवसायीलाई चिनिया भाषामा समस्या रहेको वताए । उनले भने ‘पर्यटन व्यवसायमा भाषाले महत्व राख्दछ’ भाषिक समस्या नहोस भन्नका लागि परिषदले चिनिया भाषालाई महत्व दिएको वताए । अध्यक्ष थापाले दुवै छिमेकी राष्ट्रका नेपाली पर्यटनका लागि महत्वको रहेकोले दुवै राष्ट्रको भाषामा पोख्त हुनु आवश्यक रहेको वताए ।
पश्चिमाञ्चल होटल संघको कार्यक्रमका चिनिया भाषा प्रशिक्षक लिओन हुआङले नेपाल र चीनको सम्बन्ध राम्रो रहेको स्मरण गर्दै पोखरेली पर्यटन व्यवसायी चिनिया भाषाप्रति लगावको उनले प्रशंशा गरे । संघले भाषा प्रशिक्षणमा दुई प्रशिक्षक स्टेभेन जी र थोमस जेहेङ्गले पनि सहभागीलाई प्रशिक्षण प्रदान गर्ने छन्।
पोखरामा पर्यटन व्यवसायमा सुरु भएको चिनिया भाषा प्रशिक्षणले यस क्षेत्रको पर्यटनका लागि कोशे ढुङ्गा सावित हुनेमा पोखरेली पर्यटन व्यवसायीहरु ढुक्क बनेका छन । पोखरामा आउने चिनिया पर्यटकलाई भाषाका माध्यम वाट समेत आर्कषित गर्न सके पोखराको पर्यटन व्यवसायले फड्को मार्ने निश्चित छ ।
पर्यटक फोटो: हिमालयनटाइम्स
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution