बनेपा, २५ असार –
नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमति भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन, काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा सहमतीय राष्ट्रिय राजनीतिको प्रस्थानबिन्दु संविधानको कार्यान्वयन हो भन्नुभयो ।
नेता सिटौलाले प्रमुख राजनीतिक दलबीच नयाँ समझदारी आवश्यक भएकामा जोड दिँदै नेपाली काँग्रेसका लागि सरकार दोस्रो प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो – “नयाँ संविधानले व्यवस्था गरेका विभिन्न तहका निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्बन्धी कानुन एकैचोटी बनाउन नसके ठूलो समस्या खडा हुन सक्छ त्यसैले सम्भव भए सर्वसम्मत नभए दुई तिहाइले निर्वाचनसम्बन्धी कानुन पारित गर्नुपर्छ ।”
नेता सिटौलाले सरकारलाई प्राथमिकतामा राखेर काम भए विगतमा संविधानसभा विघटनको स्थिति दोहोरिन सक्नेप्रति चिन्ता व्यक्त गर्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution