प्रहरीले आफ्नै खुट्टामा गोली हाने

  • पोखरा न्यूज
  • २०७३ अषाढ २५
Post Thumbnail

बनेपा, २५ असार –

काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् ।

प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको पेस्तालले गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस