पोखरा, २५ असार-
पोखरा दिल्लीका लागि सडक मार्ग हुदै अब देखि दुई वटा बाटोबाट जानआउन सकिने भएको छ । मोडर्न ईरा टुर्स एण्ड ट्राभल्स प्रालिले यसअघी देखिनै पृथ्बीराजमार्ग वस संचालक समितिको,समन्वयमा दैनिक पोखरा–दिल्ली बस सेवा दिदै आएको सन्र्दभमा यही असार २७ गते देखि नेपाल–भारतमैत्रि (पोखरा–दिल्ली) बस सेवा संचालन गर्ने भए पनि पोखराबाट दुई वटाबाटोबाट पोखरा दिल्ली सेवा संचालन हुने भएको हो ।
दुई देश विचको आपसि सम्बन्ध सुदृण पारी दुवै देशका यात्रुहरुलाई सहज र सरल ढंगले पोखरा दिल्ली, दिल्ली पोखराको सेवा दिने उद्धेश्यले यही सोमबार देखि उक्त सेवा संचालनमा आउने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष केशबप्रसाद अधिकारीले बताए ।
विगत २०६४ साल देखि पोखरा दिल्ली, पोखरा काकडभिक्ता, पोखरा धरान, पोखरा महेन्द्रनगरमा सिधा वस सेवा संचालन गर्दै आएको मोडर्न ईरा टुर्स एण्ड ट्राभल्स प्रालिले सोमबार देखी दुई देशको सम्झौता अनुसार उक्त सेवा संचालनमा आउने भएको हो ।
करीब दुई बर्ष अघि देखि दुई देश विचको सम्झौता अनुसार काठमाडौं–दिल्ली, दिल्ली–काठमाडौं र काठमाडौं–बनारस बस सेवा सञ्चालन हुदै आएको छ । सोही सम्झौता अनुसार पोखरा–दिल्ली बस सेवा पनि सञ्चालन गर्न लागिएको अधिकारीले जनाए । नेष्पालको तर्फबाट गृहमन्त्री शक्तिबहादुर बस्नेत र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदुत रणजित रायले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरीएको अध्यक्ष अधिकारीले जनाए । सोमबारबाट स्याङजा वालिङ, वुटवल भैरहवा हुदै संचालन हुने उक्त पोखरा दिल्ली सिधा वस सेवाको लागि वुकिङ समेत खुल्ला भएको उनले जनाए ।
पोखरा–दिल्ली बस सेवा सञ्चालन बारे गत जेठ ३१ गते भारतको उत्तर प्रदेश परिवहन निगमको कार्यालयमा दुई पक्षबीच ८ बुँदे सम्झौता भएको प्रालिले जनाएको छ । सो सम्झौतामा उत्तर प्रदेश परिवहन निगम डिपो गाजियावादका प्रमुख पि.के.बोस र मोडर्न ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार अबदेखी पोखरा–दिल्ली र दिल्ली–पोखरा दैनिक बस सञ्चालन हुनेछन् । पोखरा र दिल्लीबाट एकै समय विहान ९ बजे दुबै तर्फबाट गाडी छुट्नेछन् । उक्त बस पोखराबाट स्याङ्जा, वालिङ, बुटवल, सुनौली बोर्डर हुँदै गोरखपुर, लखनऊ, हुँदै दिल्लीको आनन्द विहार बस अड्डामा पुगेर रोकिने र दिल्लीबाट पनि सोही रुट हुँदै पोखराको पर्यटन बसपार्कमा आउर रोकिने अधिकारीले जानकारी दिए ।
एसी युक्त डिलक्स बसले सेवा दिने सो यात्राका लागि नेपाली ३ हजार ५ सय २० रुपैयाँ लाग्ने उनले बताए । बस सञ्चालनका लागि बाटोमा कुनै कर नलिने र यात्रुलाई झञ्झट र दुःख कष्ट हुने खालका कुनैपनि कार्य हुन नदिने सम्झौतामा उल्लेख भएको अधिकारीले बताए ।
पोखरा–दिल्ली बस सेवा सञ्चालन पछि यात्रुले सहज रुपमा दुई देशमा यात्रा गर्न पाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले विश्वास व्यक्त गरे । उनले यो सेवापछि भारत र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुने र भारतीय पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे । भारत तर्फबाट ४ र मोडनले ४ गरी ८ वटा गाडीहरु पहिलो चरणमा संचालनमा आउने भएका हुन । ४० सिट क्षेमताको प्रति वसको मुल्य ८० लाख रुपैया रहेको प्रालिले जनाएको छ । २४ घण्टामा पोखरा देखि दिल्ली यात्रु हुने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution