क्हपुचे हिमताल जोखिममा रहेको विज्ञहरुको भनाई

पोखरा २५, असार-
कास्कीको पार्चे गाविसमा भेटिएको क्हपुचे हिमताल मानव वस्तीलाई नै जोखिममा पार्न सक्ने विज्ञहरुले सुझाव दिएका छन । करीब दुई महिना लागेर उक्त तालको बारेमा अध्ययन गरेको एक टोलीले निकालेको अध्ययन प्रतिवेदनमा हिमताल उच्च जोखिममा रहेको अध्ययन टोलीका एक सदस्य प्रा.डा. कृष्ण केसीले बताए ।

यु.एस.एट., हरीयोवन, डव्लु.डव्लु.एफ. लगायतका संस्थाहरुको आर्थिक सहयोगमा भूगोल विभाग पृथ्बीनारायण क्याम्पस र जोओनेट कनेक्सन प्रालिले करीब दुई महिनामा हिमतालको बिषयमा गरीएको अध्ययन र त्यसको प्रतिवेदनको शनिबार पोखरामा उक्त कुराको जानकारी गराइएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रा.डा. केसीले भने “हिमतालको क्षेत्रफल पछिल्लो एक दशकमा धेरै बढेको छ, जसले गर्दा क्हपुचे हिमताल कुनै समयमा पनि फुट्न सक्ने जसले ठुलो मानवीय तथा भौतिक क्षति हुनसक्ने अबस्था रहेको छ ।” तीन दशक देखि तालको आकार बढ्दै गएको बताएका उनले पछिल्लो एक दशमा तालको आकार साँढे दुई रोपनी क्षेत्रफलबाट बढेर साँढे १० हेक्टर क्षेत्रफलमा फैलिएको जनाए । यदि उक्त हिमताल फुट्न गएको खण्डमा क्हपुचे, हुँगु, चत्क्यु, सिक्लेस हाइृड्रोपावर, सवि, मुङलेवेसी, करापुटार, पिप्ले, सिसाघाट, दमौली सम्मको क्षेत्रमा वसोवास गरेका मानव बस्ती देखि नदी किनारा ५० देखि एक सय हुदै दुई सय मिटर वरीपरिसम्म ठुलो क्षेति हुन सक्ने अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
अन्नपुर्ण दोश्रो र लमजुङ हिमालको फेदमा क्हपुचे हिम ताल पर्दछ । यो तालसंगै कास्कीमा अब १० वटा तालहरु पुगेको छ ।

समुद्री सतह देखि सवै भन्दा कम उचाइमा रहेको क्हपुचे हिमताल समुद्री सतहदेखि २ हजार ४ सय ३५ मिटर उचाईमा रहेको बताइृन्छ । उक्त तालको नियमित निगरानी गर्नुपर्ने, हिमतालको जोखिम न्युनिकरण गर्न तालको सन्तुलन राख्नु पर्ने, हिमतालको जोखिमको बारेमा पुर्वसर्तकता लागि सिस्टम (साईरन) जडान गर्नु पर्ने लगायतका बिषयमा ध्यान दिनु पर्ने अध्ययन टोलीले सुझाव दिएको होे । अध्ययन टोलीमा पृथ्बीनारायण क्याम्पसको भूगोल विभाग प्रमुख विष्णुप्रसाद अधिकारी, जोओनेट कनेक्सनका खगेन्द्र पौडेल लगायतका करीब ८ जना सदस्य रहेको केसीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button