संगम क्लवको अध्यक्षमा शिव

पोखरा २५, असार –
शिव गुरुङ (माया) को अध्यक्षतामा संगम क्लवको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा १३, संगमटोलमा रहेको उक्त क्लवको शनिबार सम्पन्न भएको तेश्रो अधिवेसनले सर्वसम्वत रुपमा गुरुङको अध्यक्षतामा ३ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी प्रथम उपाध्यक्षमा राजु गुरुङ, दितिय उपाध्यक्षमा कृष्ण तामाङ, तृतीय उपाध्यक्षमा रोसन गुरुङ, सचिवमा शिव नेपाली, सहसचिवमा सुवास गुरुङ, कोषाध्यक्ष बुद्धि परियार, सहकोषाध्यक्षमा प्रजापति गुरुङ रहेका छन । त्यसै गरी सदस्यहरुमा जुनु गुरुङ, ज्ञानु गुरुङ, अमृत गुरुङ, तारा गुरुङ, नरेस गुरुङ, सुरेस गुरुङ, रक्की गुरुङ, आसिस गुरुङ, कर्ण गुरुङ र खेमराज गुरुङ रहेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

sangam club (2)

यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले क्लवले फुटवल खेलको विकासमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएकोले त्यस प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । उनले भने “पोखरामा खेलकुदको धेरै सम्भावना छ, तपाईहरुले कुनै प्रतियोगिता आयोजना गर्नुहोस अवश्य धेरै क्षेत्रबाट साथ र सहयोग मिल्छ, हाम्रो तर्फबाट समेत सहयोग हुने छ । ”

मणिप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगम टोल विकास संस्थाका अध्यक्ष एक बहादुर गुरुङ, सचिव धर्मराज पौडेल, सल्लाहकार धनराज गुरुङ, द्धितिय उपाध्यक्ष राजु गुरुङ लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए । क्लवको हरेक बर्ष सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button