नेपाली भूमिमा दलाई लामा गुटका विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्नु पर्छ -अध्यक्ष विजुक्छे

  • पोखरा न्यूज
  • २०७३ अषाढ २५
नेपाली भूमिमा दलाई लामा गुटका विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्नु पर्छ -अध्यक्ष विजुक्छे

पोखरा, २५ असार-

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं नेपाल–चीन मैत्री सङ्घका अध्यक्ष नारायणमान विजुक्छें(रोहित) ले नेपाली भूमिमा दलाई लामा गुटका विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन । चिनिया“ रेशममार्ग र विदेश नीतिसम्बन्धि लेख तथा अन्तर्वार्ताको सङ्कलन ‘चिनिया“ सपना’ पुस्तकको को शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गर्दै उनले मुस्ताङको कागबेनीदेखि माथिका नेपालीको घरहरुमा दलाई लामाका तस्वीर राखिएकोमा गुनासो गर्दै त्यसले गर्दा नेपाली भुमिमा विखण्डकारी गतिविधि ल्याउन सक्ने बताएका हुन ।

उनले भने “चिनिया“ सरकारले कोरला नाकालाई सुरक्षाका दृष्टिले संवेदनशील मानेको छ, दलाई गुटका गतिविधि तत्काल नेपाल र नेपाली जनताको मनबाट हटाउनु पर्दछ । ” दलाई लामाका गतिविधि नेपाली काङ्गे्रसको सरकारको समयमा भएको आरोप लगाउदै उनले विगतमा आफूले उपनिवेश बनाएको चीनको आर्थिक विकास र विश्वभरको प्रभावबाट पश्चिमा देशहरु छटपटाइरहेको जनाए । विजुक्छेंले चीनलाई युद्धमा फसाएर त्यहा“को आर्थिक विकासमा रोक लगाउने षड्यन्त्र भइरहेको बताउदै विगत र वर्तमानको चिनिया“ कुटनीतिमा ठूलो अन्तर भएको दाबी गरे । चीनको शिष्ट कुटनीतिका कारण उसलाई घमण्डी र आक्रामक भएको भन्नु गलत भएको उनले आफ्नो धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मूल्मीले आगामी सन् २०१८ सम्ममा केरुङसम्म चीनले रेल मार्ग ल्याउने भए तापनि नेपालले आफ्नो क्षेत्रमा पूर्वाधार विकासमा ध्यान दिन नसकेकोमा गुनासो गरे । गोआको ब्रिक्स सम्मेलनमा जान लागेका चिनिया“ राष्ट्रपति सि जिनपिङलाई नेपालमा भ्रमणको लागि नेपालका राजनीतिक दलहरुले पहल गर्नु पर्ने उनको भनाई छ । उनले भने “ चीनको सरकार र चिनिया“ जनता धेरै हल्ला गर्ने भन्दा काममा विश्वास गर्ने भएकोले नेपाल शासकहरुले उनीहरुको विशेषता बुझ्नु पर्दछ । ” कवि तीर्थ श्रेष्ठले चीन र नेपालबीच जुन व्यापकतामा सा“स्कृतिक सम्बन्ध विस्तार हुनु पर्ने हो, अझै हुन नसकेकोमा दाबी गरे ।

नेपाल–चीन मैत्री सङ्घका कोषाध्यक्ष चैत्यराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा अर्थशास्त्रका प्राध्यापक डा. यादवप्रसाद शर्मा गौडेलले चिनिया“ सपना दिगो विकास र वातावरणमैत्री अवधारणामा आधारित भएको बताए । भूगोलका प्राध्यापक डा. विश्व श्रेष्ठ, मानव अधिकारकर्मी योगेन्द्रमान विजुक्छे, इतिहासका सहप्राध्यापक ज्योति भट्टचन, अधिवक्ता तिलक पराजुली, इतिहासका अध्येता निर्मल श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले मैत्री सङ्घका सदस्य सुरेन्द्रराज गोसाई, नीरज लवजू लगायतले वोलेका थिए । नेपाल–चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगा“ठको अवसरमा वर्कर्स पब्लिकेशनद्वारा प्रकाशित पुस्तक सार्वजनिक कार्यक्रमको आयोजना नेपाल–चीन मैत्री सङ्घले गरेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस