कञ्चनपुर, २६ असार –
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ अवैध रुपमा जाँदै गरेका छ जना युवतीको हिजो उद्धार गरिएको छ ।
माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सीमा नाका हँुदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो ।
भारत हुँदै कुवेत र इराक जाने भन्दै आएका धादिङका तीन, म्याग्दीका दुई र काठमाडौँका एक गरी छ जना युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । “भारतीय नम्बरको जिपमा भारततर्फ जाँदै गरेका बेला युवतीहरु जोखिममा पर्न सक्ने भन्दै उद्धार गरेका हौँ” – उहाँले भन्नुभयो । उद्धार गरिएका युवतीहरु २० देखि ३० वर्ष उमेरका रहेका छन् ।
भारतको नयाँदिल्ली पुरयाइदिने भन्दै युवतीसँगै जाँदै गरेका ५० वर्षीय माईबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । युवतीहरु माइती नेपालमा राखिएका छन् ।
युवतीहरुबाट काठमाडौँमा रहेका दलालले रु ७५ हजारदेखि रु ८० हजार रकम लिएको उद्धार गरिएका युवतीको भनाइ रहेको छ ।
असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले ४६ जना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution