बसको ठक्करबाट भारतीय सुरक्षाकर्मीको मृत्यु

इनरुवा, २६ असार –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविस–९ मा गएराति बसको ठक्करबाट एक भारतीय सुरक्षाकर्मी (एसएसबी)को मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर४९एम ६८०१ नंको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४३८१ नंको यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीमा सुरक्षा बल भीमनगर चेकपोष्टमा कार्यरत एसएसबी जवान रोमियो बेनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका एसएसबी जवान बेनियालाई उपचारका लागि भारतको वीरपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सुनसरी हरिपुर गाविस–९ बस्ने राजाराम मण्डल र मनोज साह घाइते भएका छन् । घाइते भएकाहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button