खोलामा डुबेर बालिकाको मृत्यु

गौशाला, २६ असार –

महोत्तरी जिल्लाको सरपल्लो गाविसमा शनिबार साँझ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

मृत्यु हुनेमा सरपल्लो गाविस–७ बस्ने आलम नदाफकी सात वर्षीया छोरी चाँदनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अत्यधिक गर्मी भइरहेका बेला शनिबार साँझ ५ बजेतिर घरदेखि ५०० मिटर दूरीमा रहेको रातो खोलामा साथीहरुसँग खेल्दै नुहाउन पुगेकी बालिका खातुनको सोही नदीमा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

बालिका खातुन खोलामा डुबेको निकैबेर पछि उनीसँगै गएका बालबालिकाले उनको खोजी गर्दा नभेटेपछि घरमा आएर उनका परिवारजनलाई भनेपछि उनको खोजतलास हुँदा साँझपख उनको शव खोलाकै पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

शव परीक्षणका लागि गएराति जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button