तुलसीपुर (दाङ), २६ असार –
विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते चौधरीको उपचारका क्रममा आज लुम्बिनी अस्पतालमा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सोही ठाँउका १८ वर्षीय मनिराम चौधरी, १९ वर्षीय अशोक चौधरी, २३ वर्षीय सीताराम चौधरी र २३ वर्षीय प्रकाश चौधरीको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।
विद्युत् विस्तारको जिम्मा लिएका ठेकेदारले विद्युत्सम्बन्धी जानकारी नै नभएका मजदुरलाई विद्युतीय काममा लगाउँदा उक्त दुर्घटना भएको दाङ प्रहरीले बताएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution