दुनै (डोल्पा), २६ असार –
शनिबार बेलुकीदेखि अविरल रुपमा परेको वर्षात्ले लावन गाविसमा पर्ने व्यासगाड खोलाको काठेपुल बगाएपछि तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद भएको छ ।
यसबाट सात गाविसमा आवागमन ठप्प भएको छ । मध्यरात २ बजेतिर खोलामा पानीको बहाव बढेर पुल बगाएपछि माथिल्लो डोल्पाका लावन, सहरतार, धो, साल्दाङ, तिन्जे लगायत गाविसमा आवतजावत ठप्प भएको स्थानीय समाजसेवी ओम मगरले जानकारी दिनुभयो ।
काठेपुल पुनःनिर्माणको स्थलगत अनुगमनका लागि जिल्ला प्राविधिक कार्यालय र जिविस डोल्पाको टोली आज बिहान गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
पुल बगाएपछि माथिल्लो डोल्पामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । छिट्टै आवागमन खुलाउन पुल निर्माण तत्काल सुरु गरिने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution