राजविराज, २६ असार –
सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर बेपत्ता मलेकपुर गाविसका सचिव प्रदीप कर्णलाई प्रहरीले आज पक्राउ गरेको छ ।
कर्णले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिविस सप्तरीले उनलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो । सचिव कर्ण रु २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी लामो समयदेखि फरार थिए ।
गाविसका वृद्धवृद्धाले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रबार जिविस सप्तरीमा विभिन्न पदाधिकारीसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution