|प्रतीकात्मक तस्बिर
काठमाडौँ, २६ असार –
स्थलगत अनुगमनका क्रममा असहयोग गरेको भन्दै सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसल आज सिलबन्दी गरेको छ ।
व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ घन्टाभित्र स्पष्टीकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिएकोे विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विभागले सो अवधिमा चित्तबुझ्दो कारण सहित स्पष्टीकरण नदिए कानुनअनुसार कारबाही गरिने व्यहोराका पत्रसहित सूचना टाँस गरेको अधिकारीले जानकारी दिनुभयो । क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ । उक्त क्षेत्रमा अनुगमनका क्रममा केहीबेर हल्लाखल्ला हुँदा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग समेत गरेका थिए ।
नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गरिएको बताउनुभयो । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, औषधि व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र उपभोक्ता अधिकारीकर्मीको संयुक्त टोलीले केही दिन पहिलेदेखि राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरिरहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution