नेपाली जनता हिन्दू राज्यका पक्षमा भएको जिकिर

चितवन, २६ असार –

राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको कार्यभारलाई रणनीतिक तवरबाट स्थापित गराउनका लागि आफूहरु सरकारमा सहभागी भएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले नेपाली जनता हिन्दू राज्यका पक्षमा रहेको र आफ्नो पार्टीतर्फ आकर्षण बढ्दै गएको जिकिर गर्नुभयो ।

अधिवेशनमा ४८७ प्रतिनिधि र २५२ पर्यवेक्षक सहभागी रहेको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो । चारवर्षीय कार्यकालका लागि हुन लागेको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button